लभ पर्दै परेन


कालीले I love you, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन ।
Mexican ले Hug गरेर गालासम्म दलेकै हो
थरुनीजस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो ।
Department बेग्लै, भेट्नै गाह्रो

त्यस्को Portuguese नि, बुझ्नै साह्रो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।

नेपाली केटीलाई European relaçao थाहै छैन जस्तो छ
Rossio जाउँ estrangeiro कै दर्शन सस्तो छ
एक दुईवटी Local खैरिनी, आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Cafe बोकी skate चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै माने नि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रै'छ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी प्यारी त चाहिने रै'छ
carro को त कुरै छाडौं, bicicleta किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई दाम खर्चेर perfume नै छरे नि
खौरेर दारी, चिटिक्कै परे नि
Portuguese छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त थुइक्क यो खप्पर ... लभ, पर्दै परेन ।।