१) हामी जन्मदा रङ्ग छुट्याउन सक्दैनौ ।
सुन्दा अचम्म लाग्न सक्छ, तर साँचो हो । जब हामी जन्मन्छौ, त्यतिबेला हाम्रो आँखाले रङ्ग छुट्याउन सक्दैन । जन्मेको एक वर्षसम्म हाम्रो आँखाको विकास द्रुतगतिमा हुन्छ र यसैबेला हाम्रो रङ्ग छुट्याउन सक्ने क्षमताको
विकास भएको हुन्छ ।
२) हामी रूँदा हाम्रो नाकबाट पनि पानी बग्छ ।
जब हामी रून्छौ, त्यतिबेला हाम्रो आँखाको भित्री भागमा रहेको ग्रन्थीबाट आँसु बग्छ र त्यही आँसु हाम्रो आँखामा भरिन्छ । त्यो भरिएको आँसु हाम्रो नाक नजिकैको आँखाको कुनामा रहेको सुक्ष्म प्वालबाट बग्छ । त्यो आँसु त्यसपछि त्यही सुक्ष्म प्वालसँगै जोडिएको नासो ल्याक्रिमलको बाटो भएर नाकबाट पनि बग्छ । त्यसैले हाम्रो आँसु हामी रूँदा आँखासँगै नाकबाट पनि बग्दछ ।
३) आँसु केवल पानी मात्र होइन ।
हाम्रो आँसु केवल पानी मात्र होइन यो त हामीले सोचेभन्दा अझ जटिल तरिकाले बन्ने पदार्थ हो । आँसुमा मुख्यतया तीन चीजहरू चिल्लो पदार्थ, म्युकस र पानी रहेका हुन्छन् । आँसु बन्ने प्रक्रियाको लागि यी तीन चीजहरूले सही रूपमा काम गर्नुपर्ने हुन्छ । नत्र आँसु आँखामा बस्ने समयावधि अगाडि नै वाष्पीकरण भएर जान्छ । फलस्वरूप आँखा सुख्खा हुने रोग लाग्दछ । हाम्रो आँसुमा water blood cells को अलावा इन्जाइम पनि रहेको हुन्छ, जसले हाम्रो आँखामा हुने इन्फेक्सनलाई रोक्न सहयोग गर्दछ ।
४) दशलाख भन्दा बढी अंगहरू ।
हाम्रो आँखा धेरै अयवय मिलेर बनेको कुरामा दुई मत छैन, धेरै मानिसहरू यो कुरामा समर्थन पनि गर्छन् । तर के तपाईलाई थाहा छ ? हाम्रो आँखा तपाईहरूले सोचेभन्दा बढी झण्डै दशलाख भन्दा बढी अवयवहरू मिलेर बनेको हुन्छ । हाम्रो आँखाको अर्को रोचक पक्ष के हो भने रङ्ग, छाँया, आकार, दूरी आदिको सही मापन हाम्रो आँखाले एक झिम्क्याइमै पूरै ठम्याइदिन्छ ।
५) वास्तवमा हामी हाम्रो आँखाले देख्दैनौं ।
सुन्दा अचम्म लाग्छ तर वास्तवमा हामी आँखाले देख्दैनौ दिमाखले देख्ने हो । हाम्रो आँखाले सूचनाहरू संकलन गर्छन्, दिमाखले त्यसको प्रसोधन गर्छ । यसरी प्रसोधित सूचनाको एउटा अन्तिम तस्विर बन्दछ । त्यही तस्विर हामीले देखेको दृश्य हुन्छ । यसको गति यति छिटो हुन्छ कि हामीले यसको सुइँकोसम्म पनि थाहा पाउन सक्दैनौ ।