पाकिस्तानमा यात्रुवाहक बिमान दुर्घटना हुदा १ सय १८ जनाको ज्यान गयो


काठमाडौं,९ बैशाख (एजेन्सी ) : पाकिस्तानमा भोज एयरको एउटा यात्रुवाहक बिमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १ सय १८ जनाको ज्यान गएको पाकिस्तानी अनलाईन मिडियाहरुले जनाएका छन् । तर दुर्घटनामा मारिनेहरुको संख्याका बारेमा फरक फरक तथ्याँकहरु सार्वजनिक भइरहेका छन् ।

बिबिसीका अनुसार विमानमा १ सय १८ यात्रु र चालक दलका ९ जना सदस्य गरी १ सय २७ जना सवार थिए । विमान पूरै ध्वस्त भएकाले कसैको जीवितै उद्धार हुने सम्भावना नभएको उद्धरमा खटिएका प्रहरी अधिकारीहरुलाई उद्धृत  गर्दै पाकिस्तानी मिडियाले जनाएका छन् ।


खराव मौसमका कारण बिमान दुर्घटनामा परेको पाकिस्तानी रक्षा मन्त्रालयले बताएको छ । दुर्घटनामा परेको बिएचओ २१३ विमान कराँचीबाट स्थानीय समय अनुसार शुक्रबार बेलुकी ५ बजे ईस्लामावादका लागि उडेको थियो । विमान ईस्लामावादमा बेलुकी ६:४० मा अवतरण गर्नुपर्नेमा ईस्लामावाद एयरपोर्ट आईपुग्नु १० किलोमिटर अघि नै दुर्घटनामा परेको थियो ।

बस्ती क्षेत्रमा विमान दुर्घटना भएपछि केहि घरहरुमा समेत क्षति पुगेको छ । यसअघि गत जुलाईमा पाकिस्तानमा भएको एयरबस दुर्घटनामा १ सय ५२ जनाको ज्यान गएको थियो ।