काठमाडौं, २ जेठ । नेपाल सरकारले खाडी मुलुकहरु ओमान र बहराइन तथा युरोपेली मुलुक स्पेनमा नेपाली राजदुतावास खोल्ने तयारी गरेको छ ।
ओमान र बहराईनमा कार्यरत हजारौंको सख्यामा नेपाली कामदारले दुतावासको अभावमा समस्या भोग्नुपरेपछि परराष्ट्र मन्त्रालयले दुतावास खोल्ने तयारी गरेको हो ।
यसैगरी पछिल्लो दिनमा युरोपेली मुलुक स्पेनमा नेपाली संख्या बढ्दै गएकाले त्यहाँ पनि दुतावास खोल्ने तयारी भएरहेको परराष्ट्रका अधिकारीहरुले बताएका छन् ।
खाडी मुलुक ओमान र बहराईनमा ३०/३० हजारको हाराहारीमा नेपाली कामदार रहेका छन् । पछिल्ला दिनमा युरोपेली मुलुकमा नेपालीहरु स्पेनतिर जान थालेपछि त्यहाँ रहेका नेपाली संख्या पनि दशौ हजार पुगेको बताइएको छ ।
सरकारले दुतावास खोल्न स्वीकृति दिएपछि ती मुलुकसँग दुतावास खोल्ने सहमति मागिने छ ।

















