६) रक्सीको कारण बर्बाद भएको बिर्खेले आजदेखि कहिल्यै रक्सी नपिउने कसम खायो । घरमा भएका सबै रक्सीका बोतलहरु फ्याक्न थाल्यो ।
पहिलो बोतल फ्याक्दै बिर्खेले भन्यो : तेरो कारण मेरो नोकरी गयो ।
दोस्रो बोतल फ्याक्दै बिर्खेले भन्यो : तेरो कारण मेरो घरबारी बेच्नुपर्यो ।
तेस्रो बोतल फ्याक्दै बिर्खेले भन्यो : तेरो कारण मेरो स्वास्नी पोईल गई ।
चौथो बोतल फ्याक्न उठाएको मात्र के थियो, त्यो बोतलभरि रक्सी थियो । त्यो रक्सीको बोतलतिर हेर्दै बिर्खे भन्छ : तँ चै साईड लाग्, अहिलेसम्म तेरो कुनै गल्ती छैन, जे गर्नु गरे ती सबै खाली बोतलले गरेका हुन् !
--------------------------------------------------------
७) दुई जोडी एक सुनसान ठाउँमा बसीरहेका थिए । boy friend ले girl friend लाई छुन खोज्यो ।
Girl Friend : Don't touch me. Touch गर्ने भए बिहे पछि मात्रै ।
Boy Friend : ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।
---------------------------------------------------------
८) शिक्षक: तिमी कलेज किन आउँछौ ?
विद्यार्थी: बिद्याको लागि सर ।
शिक्षक: त्यसो भए तिमी आज क्लासमा किन सुतिरहेको छौ त ?
विद्यार्थी: किनकि आज बिद्या कलेज आको छैन नि त ।
----------------------------------------------------------
९) डाक्टर: हजुरको पतिलाई धेरै आरामको खाँचो छ यो लिनुहोस् स्लीपिङ ट्याब्लेट
पत्नी: यो कति कति खेर दिनु पर्ने नि डाक्टर साप ?
डाक्टर: यो ट्याब्लेट उनको लागि हैन तपाईंको लागि पो त ।
----------------------------------------------------------
१०) शिक्षक: मनले कुनै प्रार्थना गर्यो भने तिमीहरुको इच्छा पुरा हुन्छ बाबुहरु..
विद्यार्थीहरु: यो सबै झुठो कुरा हो सर ...
शिक्षक: किन र ?
विद्यार्थीहरु: यदि यो साँचो हुने हो भने त तपाईं अर्कै स्कुलमा सरुवा भई सक्नु हुने थियो...........