१) एकचोटी संसारभरका बिरालोहरुको दौड प्रतियोगिताको आयोजना भएछ । करिब २०० बिरालोहरुबीचको प्रतियोगितामा नेपाली बिरालो प्रथम भएछ ।
खेलकुद पत्रकारहरुले घेरो हालेछन् नेपाली बिरालोलाई । असिनपसिन बिरालोलाई
सञ्चारकर्मीहरुले प्रश्न गरेछन् : 'तपाई त्यस्तो गरिब देशको भएर पनि कसरी संसारलाई चकित पार्ने गरी यो दौड जित्नुभयो ?'
नेपाली बिरालोले उत्तर दिएछ : "हेर्नुस्, वास्तवमा म जन्मदा चाही बाघ थिएँ, हड्ताल र अनिकालका कारण खान नपाएपछि बिरालो भइएछ । जित्नुको कारणै यही हो ।"
------------------------------------------------------------------
२) माग्ने: साहेब २० रुपैयाँ दिनुहोस् न कफी पिउनु मन लाग्यो ।
साहेब: किन २० रुपैयाँ नि ? कफी त १० रुपैयाँ कप आउँछ त ।
माग्ने: साहेब, साथमा गर्लफ्रेण्ड पनि छ नि त ।
साहेब: माग्ने भएर गर्लफ्रेण्ड बनाएर हिड्छौ ?
माग्ने: होइन साहेब, गर्लफ्रेण्ड ले चाँही माग्ने बनायो ।
-------------------------------------------------------------------
३) Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा ।
--------------------------------------------------------------------
४) सासु (बुहारी सँग रिसाउदै):
भगवानले तँलाई २ वटा आँखा दिएको छ , चामलमा २ - ४ ढुङ्गा निकाल्न सकिनौ ?
बुहारी : तपाईंलाई पनि भगवानले ३२ वटा दाँत दे'को छ त ! २ - ४ वटा ढुङ्गा पनि चपाउन सक्नु भएन त ?
--------------------------------------------------------------------
५) (आफ्नो साथीको आँखा रातो रातो देखेर) हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ।
- तिमीले त कुनै नर्स राखेको छौ रे हैन उसलाई हेरबिचार गर्न ?
- अँ, त्यसै कारण त मलाई रात भरी जाग्नु पर्छ नि ।