- योगेन्द्रमिलन छन्त्याल
भाइटीकामा सम्झी नरोऊ अर्को साल आउँला बहिनी
दु:खसुख एकै ठाउँमा मीठो चोखो खाउँला बहिनी ।
मखमली सयपत्री लालुपाते माला गाँसी
दाजुभाइ लाइन बसी टीका-टोपी लाउँला बहिनी ।
झिलिमिली गाईतिहार सबैजना गाउँमा भेला
साथीसँगी रमाउँदै देउसी भैलो गाउँला बहिनी ।
सपना साँची विदेश आएँ, मनका कुरा अपूरै भो
पुरानो घर खरको छानो सबै हुँदा छाउँला बहिनी ।
आगो भर्भर भुर्भुराउदा परदेशी फर्कन्छ कि ?
निराश पोख्ने आमालाई हाँसीखुशी पाउँला बहिनी ।