- योगेन्द्रमिलन छन्त्याल
थुप्रैको रुप देखेको छु
तिम्रो विशेष प्रभावमा परेको छु
तिमीलाई मैले हृदयमा राखेको छु ।
तिम्रो मेरो जात मिलेको छैन
तिम्रो मेरो बात चलेको छैन ।
तिमीलाई मनको कुरा भन्न पनि सकेको छैन
चाह छंदाछंदै पत्र कोर्न पनि सकेको छैन ।
उपन्यास पढेको छु
मान्छेहरुको व्यवहार देखेको छु ।
सबैमा विपरित लैंगिक आकर्षण हुन्छ
जे होस् जीवनमा मैले तिमीलाई मन पराएको छु ।
तिमीलाई पनि मनमा उथलपुथल भएका होलान्
सबै कुरा लेखु भने बुज्रुकहरुले अश्लिल भन्लान् ।
थोरै शब्दमा लेख्दा भाव नै आउदैनन्
तिमीबिना हिजोआज निद्राभोक लाग्दैनन् ।
कुरा गर्दा मैले तपाई नै भन्छु
यहाँ मैले तिमी भनेको छु, दुख नमान्नू ।
सार्वजनिक सृजनामा प्रस्ताव राखेको छु
दिलको कुनामा राख्दाराख्दै मलाई होइन होला नभन्नू ।
फूल फूलेपछि एकदिन टिपिनैपर्छ
सुवाष फैलाउने बेलामा पुष्पपत्र फक्राउनैपर्छ ।
अल्पसमयमै मैले तिमीलाई रोजिसकेको छु
अप्ठेरो आइपरे विकल्प पनि खोजिसकेको छु ।