काठमाडौं, १२ बैशाख । जातीय पहिचानसहितको संघीयता माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले मंगलबार आहृवान गरेको तराई बन्दका कारण बिभिन्न जिल्लाको जनजीवन कष्टकर भएको छ ।
तराईका धेरै जिल्लामा यातायात बन्द हुँदा अति आवश्यक कामले ओहोर दोहोर गर्नेहरुलाई मर्का परेको छ । जनजाति बन्दले तराईको जनजीवन प्रभावित भएको छ ।
लामो तथा छोटो दूरीका सवारी चल्न सकेका छैनन् । कलकारखाना, शिक्षणसंस्था तथा बजार पनि बन्द छन् । बन्दमा दर्जनौ व्यक्ति जना पक्राउ परेका छन् ।बन्द गराउँदै हिँडेका १० जना कार्यकर्तालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । पक्राउ गरेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । त्यस्तै बन्द गर्दै हिंड्ने सात जनालाई प्रहरीले दाङको घोराहीबाट प्रहरीले समातेको छ । यस्तै सुनसरीबाट पाँच र झापाबाट सात जना कार्यकर्ता पक्राउ परेको महासँघका अध्यक्ष राजकुमार लेखीले बताए ।
पहिचान सहितको संघीयता, जातीय राज्य, समयमै सविधान जारी हुनुपर्ने लगायतका माग गर्दै महासंघले बन्द गरेको हो ।