कक्षा एकमा पढाउन डिग्री अनिवार्य


बर्दिया, १० बैशाख । शिक्षाको गुणस्तरमा बृद्धि गर्नका लागि बर्दियाको ग्रामिण भेगमा रहेको एक सामुदायीक विद्यालयले डिग्री गरेको शिक्षकलेमात्र कक्षा एकमा अध्यापन गराउन पाउने नियम बनाएको छ । बर्दियाको भुरिगाउँमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयले यसै शैक्षिकसत्र देखि लागु हुने गरी प्राथमिक तह अध्यापन गर्नका लागि स्नातकोत्तर अर्थात डिग्री अनिवार्य हुनुपर्ने व्यवस्था तय गरेको छ ।

शिक्षाको जग भनेकै प्राथमिक विद्यालय भएकाले विद्यार्थीको आधार राम्रो बनोस् भनेर यस्तो व्यवस्था मिलाएको विद्यालयका प्राचार्य शालिकराम पन्थीले जानकारी दिनुभयो ।
धेरै विद्यालयहरुले प्राथमिक तह भन्दा माथिल्लो तहलाईमात्र प्राथमिकता दिएकाले विगत केहीबर्ष देखि शिक्षाको गुणस्तर घट्दै गएको प्राचार्यको भनाई छ ।

कक्षा १ देखिनै डिग्री हासिल गरेको नवयुवा शिक्षक शिक्षिकाले बालमैत्रि कक्षा सञ्चालन गर्ने भएकाले अव केहीसमय देखिनै त्रिभूवन उच्चमाध्यमिक विद्यालयको शैक्षिकस्तर माथि उठ्ने प्राचार्य पन्थीले जानकारी दिनुभएको छ ।
- राजधानी