धनगढी, ९ वैशाख । कैलालीको सुगरखान गाविस–९ भालुमारे भन्ने ठाउँमा सशस्त्र प्रहरीको टोलीले हतियार र गोली फेला पारेको छ ।
माओवादीले लुकाएको हतियार भनेर सुराकीको आधारमा गएको प्रहरी टोलीले एलएमजीमा लाग्ने व्यारील दुई थान, म्यागेजिन २४ थान, इन्सासमा लाग्ने म्यागेजिन पाँच थान, एसएलआर म्यागेजिन एक थान र गोली ९६६ थान बरामद गरेको सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरिया कैलालीका प्रहरी नायब उपरीक्षक जगतनारायण श्रेष्ठले बताउनुभयो ।
धनगढीदेखि करिब १४० किलोमिटर उत्तर पूर्वी पहाडी क्षेत्रमा पर्ने उक्त स्थानमा यी सामग्री कसले राखेको हो भन्ने सम्बन्धमा जानकारी हुन सकेको छैन । प्रहरीले फेला परेको हतियारबारे अनुसन्धान सुरु गरेको छ ।