- सोनुकुमार सुनार
नेपालका गरिव सर्वहारा जनताले करिव ६० वर्ष संघर्ष गरेर ल्याएको संविधान सभाबाट आज नेपाली जनताको जनसंविधान बन्न सकिरहेको छैन । हामी नेपालीहरु सामु गम्भीर प्रश्न चिन्ह उत्पन्न भएको छ । नेपालमा संविधान किन बन्न सकिरहेको छैन ? यो प्रश्नको उत्तर हल्का फुल्का तरिकाले त जसले पनि दिन सक्छ तर उत्तर पाउनको लागि हामीले नेपाली राजनीतिको अलिक गहिरोसंग अध्ययन गर्नु जरुरी छ । यहाँका राजनीतिक दलहरुको बारेमा अध्ययन गर्न जरुरी छ, यी राजनीतिक दलहरुका पृष्ठभुमि र इतिहासको बारेमा अध्यनन गर्न जरुरी छ ।
देशले किन संविधान पाउन सकेको छैन भन्ने प्रश्नमा धेरैले उत्तर दिने गर्छन नेपालका राजनीतिक दलहरु सत्ताका लागि लडिरहेका छन् ।
लोभमा लुछाचुँडी गर्दैछन, आपसी झगडा गर्दैछन् त्यसकारण उनीहरुको संबिधान निर्माणतर्फ ध्यान जान सकिरहेको छैन । तर यो साँचो र बैज्ञानिक उत्तर होइन । अब फेरि प्रश्न चिन्ह उत्पन्न हुन्छ । त्यसो भए केहो त साँचो ? यस प्रश्नको साँचो उत्तर पाउनको लागि मैले माथि उल्लेख गरी सकेँ नेपाली राजनीतिको बारेमा अध्ययन गर्नुपर्छ भनेर ।
देशले किन संविधान पाउन सकेको छैन भन्ने प्रश्नमा धेरैले उत्तर दिने गर्छन नेपालका राजनीतिक दलहरु सत्ताका लागि लडिरहेका छन् ।
लोभमा लुछाचुँडी गर्दैछन, आपसी झगडा गर्दैछन् त्यसकारण उनीहरुको संबिधान निर्माणतर्फ ध्यान जान सकिरहेको छैन । तर यो साँचो र बैज्ञानिक उत्तर होइन । अब फेरि प्रश्न चिन्ह उत्पन्न हुन्छ । त्यसो भए केहो त साँचो ? यस प्रश्नको साँचो उत्तर पाउनको लागि मैले माथि उल्लेख गरी सकेँ नेपाली राजनीतिको बारेमा अध्ययन गर्नुपर्छ भनेर ।
अव नेपाली राजनितीका अहिलेका मुख्य हिमायति राजनितीक पार्टिहरुको विगतको अनुहार लाइ अलिकति सम्झौँ । नेपालमा अहिलेको सवैभन्दा पुरानो ठुलो राजनितीक पार्टि भनेको नेपाली काँग्रेस हो । नेपाली काँग्रेसको बारेमा यँहा अलिकतिःनेपाली काँग्रेसलाइ वि.पि कोइरालाले सुरुवात गरेका हुन । उनले भारतमा बस्दा त्यँहा चलेको अंग्रेज विरोधी आन्दोलनमा सहभागीता जनाएका थिए, जिवनजगतलाइ स्वतन्त्र बनाउनको लागी निरंकुश सासक बाट मुक्त गर्नुपर्छ भन्ने पाठ उनले त्यँहा सिके । उनी पछि नेपालमा फर्के र नेपालमा पनि नेपाली जनतालाइ र देशलाइ मुक्त पार्नुपर्छ भनेर एक प्रकारको बुर्जुवा तर सकारात्म आन्दोलनको सुरुवात गरे । उनले नेपालमा प्रजातान्त्रीक आन्दोलनको सुरुवात गरे र उनी नेपालमा त्यतिखेर अली राम्रो मानिसको रुपमा पनि चिनिए । र उनी नेपालको प्रथम जननिर्वाचीत प्रधानमन्त्री समेत भए । उनले नेपालमा बुर्जुवा क्रान्तिीको सुरुवात गरेका थिए । उनले उठाएका धेरै चिज हरु राम्रो थियो तर पनि जिवनजगतलाई मुक्त गर्नको लागी गर्नुपर्ने सर्वहारा क्रान्तिको तुलनामा त उनको उद्धेश्य निकै सानो थियो ।
उनको काल पश्चात नेपाली काँग्रेस केवल विपिको सिद्धान्तमा मात्र सिमित रहेन । काँग्रेसको रुप रंग , व्यवहार सवै बदलियो । नेपाली जनताले आशा गरेका थिए नेपाली काँग्रेसले जनताको पक्षमा केही काम गर्छ की ? तर उसले त्यसो गरेन । सत्तामा पुगिसकेपछि काँग्रेस राज्यको र जनताको पसिनामा रमाएर त्यहीँ भुल्न थाल्यो । गर्दा गर्दा नेपाली काँग्रेस त सामन्तबादी निरंकुशहरु संगको चाकडी चाप्लुसीमा लाग्न थाल्यो यस पार्टिका नेताहरु त्यस्तो काममा सहभागी हुन थाले । गर्दा गर्दा नेपाली कांग्रेस १ नम्बर सामन्तबादी राजनितीक पार्टिको रुपमा रुपान्तरण भयो । पुँजीबादलाइ सधै आत्मसात गर्नुपर्छ भन्ने काँग्रेस अन्तत सामन्तबादी , जनविरोधी , पुँजीबादी राजनितीक पार्टिको रुपमा रुपान्तरण भयो । नेपाली जनताले काँग्रेसको अनुहार हेर्दै गर्दा नेपालमा कम्युनिष्ट पार्टिहरु लुकिछिपी जन्मीएका थिए ।
त्यसैक्रममा नेपालमा एउटा कम्युनिष्ट नेपाली राजनितीमा जनताको सामु आयो त्यो हो एमाले । हो ने.क.पा. एमाले ले झापा विद्रोह मार्फत एक किसीमको आन्दोलनको सुरुवात नेपालमा गरेको थियो । नेपाली जनताले एकचोटी यसलाइ पनि हेरौँ न भन्ने तरिकाले एमाले लाइ पनि अस्तित्वमा लीए । तर बुझ्दै जाँदा एमाले पार्टि कम्युनिष्ट भनिएको त पछि पछि नत कम्युनिष्ट नत काँग्रेस जस्तो भयो । योत केवल फाइदा र स्वार्थको लागी जतापनि लरक्क हुन पुग्ने भयो । पछि हँुदा हुँदा नेपाली सामन्तबादको खुट्टा समाउन समेत उ पुग्यो । अन्तत उसको बास्तविक रुप नेपाली जनताले थाहा पाइसक्यो । उ न भाले न पोँथी जस्तो भयो । त्यसो हुँदा नेपाली जनताले उसलाइ पनि विश्वास गर्ने र आफ्नो पार्टि ठान्ने कुरा गुम्यो । अरु साना पार्टिहरुको त कुरा नगरौँ । नेपाली जनताले यि दुइबटा राजनितीक पार्टिको अनुहार राम्रोसंग पहिचान गरीसकेपछि नेपालमा अली अचम्मको कुरो भयो । त्यो भनेको नेपाली जनताको बास्तवीक माग लाइ मुखरित गर्दै नेपालमा एउटा पार्टिको जन्म भयो । त्यो पार्टिले साँच्चै सर्वहारा साँस्कृतिक क्रान्तिको लक्ष्य लाइ समाएर जनताको विचमा गयो । नेपाली जनताले सोँचे अवत मुक्ति हुनेभो । अवत जनताको बास्तविक शासन आउने पक्कापक्की भयो भनेर जनतामा खुसी छायो । त्यही खुसी अनुसार नेपाली जनता ने.क.पा. माओबादी ले सञ्चालन गरेको महान जनयुद्धमा सहभागी भए । नेपालमा नेपाली जनताले नेपाली सामन्तबादका विरुद्धमा १० बर्ष रक्तपातपुर्ण जनक्रान्ति लडे । नेपाली जनताले त्यतिखेर एउटा धेरै महत्वपुर्ण र ऐतिहाँसीक काम गरे त्यो भनेको नेपाली सामन्तबादको नाइकेलाइ नेपाल बाटै बिदा गर्नको लागी नेपाली जनता सफल भए ।
सामन्तबादी शासन अन्त्य ताका भएको संबिधान सभाको चुनावमा नेपाली जनताले ने.क.पा . माओबादी लाइ अत्यधिक मतले विजयी गराइ सवैभन्दा ठुलो राजनितीक पार्टि को रुपमा स्थापीत गरायो । संबिधान सभाको चुनाव पश्चात नेपाली जनताले संबिधान निर्माणको लागी नेपाली नेताहरुलाइ सिँहदरबार पठाए । उनी हरुले राजनितीक पार्टिहरुलाइ संबिधान बनाउनको लागी निश्चित टाइम र निश्चित भरणपोषणको व्यवस्था गरेका थिए । उनीहरुले चाहेका थिए तोकीएकै समयमा संबिधान । उनी हरु हर्षित र खुसीपनि थिए की अव नेपालमा जनताको बास्तविक संबिधान आउने भयो । गरिव , हलिया, चरिया , दलित , भरिया , महिला , आदीबासी जनजाती सँगै सवै जनताको अधिकार को ग्यारेण्टी हुने भयो ।
तर विडम्बना नेपाली जनताले सोँचेको जस्तो भएन । नेपाली जनताको संबिधान आजसम्म पनि बनेन । मैले अगाडी पनी प्रश्न गरिसके की संबिधान किन बन्न सकिरहेको छैन? अनी मैले यो थाहा पाउनको लागी नेपाली राजनितीक पार्टिहरुको इतिहाँस र पृष्ठभुमी अध्ययन गर्न पर्छ पनि भनेको थिँए । अब कुरो स्पष्ट हुन्छ की नेपालमा आज सम्म किन संबिधान बन्न सकिरहेको छैन । नेपालमा अहिले सम्म किन संबिधान बन्न सकिरहको छैन भन्दा एमाले, कांग्रेस र मधेशीहरु भारतद्धारा निर्देशीत चलचित्रका नायकहरु हुन , उनीहरु नेपाली जनताका विरोधी हुन । विगतमा उनीहरु नेपाली जनताको विरुद्धमा सामन्तबादको पक्षपोषण र आफ्नो नाफामा लागेका थिए । तर माओबादी जनताको पार्टि हो जसले जनताको पक्षमा युद्ध लडेको थियो । जो गणतन्त्रको आमा अर्थात जन्मदाता हो ।
एमाले कांग्रेसहरु देश लुटेर रमाउने पार्टि हरु भएकाले उनीहरु अझैपनि जनताको पशिनामा मोजमस्ती गर्न चाहन्छन । उनीहरु कुनै पनि हालतमा जनताको संबिधान निर्माण गर्नदीने पक्षमा छैनन । अहिले पनि उनीहरु २०४७ सालकै संबिधान लाइ पुर्नस्थापना गर्ने र फेरी पनि राज्यमाथी ब्रम्हलुट मच्चाउन चाहन्छन ।तर माओबादी त्यो पक्षमा छैन , माओबादीले बास्तविक नेपाली जनताको संबिधान बनाउन चाहन्छ । स्थायी र अधिकार सहितको शान्ती चाहन्छ । नेपालको अग्रगामी परिवर्तन चाहने र प्रतिगमन चाहने राजनितीक पार्टि हरुविच आज देशमा चलेको भिषण लडाइको कारणले आज देशमा संबिधान बन्न सकिरहेको छैन । भनिन्छ सवैमाथि संका गर्नु , आज त्यस्तै भएको छ ।
देशको सवैभन्दा ठुलो राजनितीक पार्टि एकिकृत ने.क.पा . माओबादीको संस्थापन पक्ष समेत अहिले प्रतिगामी संबिधानको पक्षमा उभिँएको छ । नेपाली क्रान्तिका विर योद्धा हरुलाइ आत्मसमर्पण गराइ आज कुकूरीकरण भएका प्रचण्ड बाबुराम हरु आज नेपाली क्रान्ति र नेपाली जनताको विरुद्धमा उभिँएका छन । तपाइले देखीसक्नुभएको छ अहिले नेपाली राजनितीको सवैभन्दा गद्धार नेता र विलासिता भोग गरी वाँच्ने नेता को हो त भन्दा त्यो प्रचण्ड हुन। अनी नेपालकै इतिहाँसमा सवैभन्दा जनविरोधी र गद्धार सरकारको नेतृत्व गर्ने व्यक्ति को हुन त भन्दा उनी बाबुराम भट्टराइ हुन । अग्रगामी र पश्चगामी संबिधान बनाउने भन्ने विषयमा वैचारिक लडाइ नेपालमा चलिरहेका वेला आज माओबादी जो अग्रगामी संबिधान को पक्षमा नेपालमा लड्दै आइरहेको थियो त्यही पार्टिको मुली प्रतिगामी संबिधानको पक्षमा उभिँएको छ ।
यस्तो प्रतिगामी कदमको विरुद्धमा माओबादी भित्रैको किरण कमरेडको टिम ले संघर्ष गरीरहेको छ । अव संबिधान निर्माणको अन्तीम मिती आउन केही समय मात्र बाँकी रहेको छ । यस अवस्थामा माओबादी संस्थापन पक्ष र एमाले काँग्रेस,मधेशीहरु नेपालमा जनविरोधी र आफुपक्षिय संबिधान बनाउन लागीपरेका छन । यस सम्बन्ध मा यिनी हरु विच सहमति भइसकेको छ । उनीहरु विच के सहमति भएको छ भने नेपालमा २०४७ सालको संबिधान मा मात्र गणतन्त्र थपेर जस्ताको तस्तै लागु गराउने र नेपाललाइ फेरी ६० बर्ष पछाडी पार्ने सहमती भइरहको छ । तर यही सहमती भइरहँदा देशव्यापी रुपमा जनताले आज पुरानो संबिधानलाइ स्थापना गरिए र नेपाली जनताको अधिकार कटौती गरिए त्यस्तो संबिधान बनेको अर्काे दिन जलाउने चेतावनी दिइरहका छन ।
तर प्रतिगामीहरुको देशमा बाहुल्यता भएको कारणले उनीहरु त्यस्तो संबिधान लाइ नेपाली जनताको विचमा लाड्न पनि सक्छन । त्यसकारण अव नेपाली जनता तयार रहनु पर्दछ आफ्नो संबिधान आफै लेख्न को लागी । यदी जेठ १४ मा नेपाली जनताले चाहेको जनसंबिधान बनेन भने नेपाली जनताले आफ्नो संबिधान आफै सडक बाट घोषणा गर्नुपर्दछ । अहिले म नेपाली जनसमुदायलाइ प्रश्न गर्न चाहन्छु रगत पशिना बगाएर ६० बर्ष लडेर ल्याएको अधिकार लाइ गुमाउने की जनसंबिधान निर्माणको लागी सडकमा उत्रने ?
(लेखमा उल्लेख भएका कुरा लेखकका निजी विचार हुन् : सं.)