कैलाली, ११ बैशाख । वन संरक्षणमा जुटेकी मालाखेती ६ की नन्दादेवी कुँवरका दुवै हात काटिएका छन् । प्रस्तावित भधुमालती सामुदायीक वनकी अध्यक्ष कुँवरले ५०/६० जनाको समूहमा मालाखेती २ मा रहेको वनमा वरिपरी तारवारा गर्ने क्रममा वनको अतिक्रमणमा संलग्न स्थानिय हरि भाटले कुँवरका दुबै हात शनिबार काटेका हुन् ।
तारबार लगाईरहेका बेला हरिले हँसियाले प्रहार गर्दा उनलाई प्रतिकार गर्ने क्रममा दुवै हात काटिएका हुन् । हसियाले घाँटीमा हान्ने प्रयास गरेपनि आफूले रोकेका कारण हातमात्र काटेर आफु बच्न सफल भएको कुँवरले बताएकी छन् ।
‘५०/६० जना हामी तारबार गरिरहेका थियौ एक्कासी उसले हसियाले घाँटीमा हान्यो’ घाईते कुँवरले भनिन् ‘मार्न हानेको हो हातले रोकेर बाँचे । भाटसँग कुनै रिसइवी नभएको पनि कुँवरले बताएकी छन् ।