बेइजिंग, एजेन्सी । छोराछोरीले विद्यालयमा दिइएको गृहकार्य घरमा आएर नगरेमा जो कोही पनि अभिभावकलाई पनि रिस उठ्छ । होमवर्क नगरेर छोराछोरी खेलेर वा टिभी हेरेर समय बिताएमा आमाबुवाले गाली गर्नु वा एक दुइ थप्पड हानेर पढ्न लगाउनु सामान्य कुरा हो ।
तर चीनमा एकजना पुरुषले गृहकार्य नगरेको भन्दै आफ्ना छोरालाई कुटपिट गरी जिउँदै जमिनमा गाडेर हत्या गरेका छन् । ली नामका ती व्यक्तिले आफ्नो ६ वर्षको छोरालाई निर्दयी ढंगले जिउँदै खाल्डोमा हालेका थिए ।
छोराले गृहकार्य गर्न नमानेपछि रिसले रन्किएका ली ले पहिले छोरालाई छातिमा हानेर पर्खाल बाहिर हुत्याए । बालक बेहोस भएर जमिनमा ढलेपछि उनले फेरी ढुंगाले छोराको टाउकोमा हिर्काए । मरणासन्न अवस्थामा पुगेका छोरालाई उपचारका लागि अस्पताल लैजानुको साटे ली ले घरभन्दा अली पर लगे र खाल्डो खनेर त्यसमै हालेर पुरिदिए ।
लीका अरु ३ बच्चाहरुले यो प्रत्यक्ष देखेका थिए तर यो कुरा कसैलाई नभन्न चेतावनी दिएका थिए । पछि स्थानीय गाउँलेले थाहा पाएपछि प्रहरीमा उजुरी गरे । प्रहरीले ली लाई पक्राउ गरेर आवश्यक कारवाही अघि बढाएको छ ।