काठमाडौं, १२ वैशाख । माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले वाइसीएलजस्तै नयाँ जनस्वयंसेवक ब्यूरो गठन गरेको छ ।
आज गठित ब्यूरोको इन्चार्जमा स्यायी समिति सदस्य नेत्रविक्रम चन्द रहेका छन् । वैद्य पक्षको अघोषित केन्दि्रय कार्यालय कुपन्डोलमा भएको भेलाले उक्त ब्यूरो गठन गरेको हो ।
महासचिव रामबहादुर थापाको उपस्थितमा ब्यूरो गठन गरिएको एक नेताले बताए ब्यूरोमा पूर्वलडाकु डिभिजन सहायक कमान्डर उदयबहादुर चलाउने, रामलाल रोका, नेपबहादुर कुँवर रहेका छन । वाइसीएलका नेताहरु उमा भुजेल, साबित्री दुरासहित १७ जना समिति रहेको बताइएको छ ।