अमेरिका, ७ जेठ, एजेन्सी । फेसबुकका मालिक मार्क जुकरबर्गले विवाह गरेका छन्, उनले आफ्नी लामो समय देखिकी गर्लफ्रेन्ड प्रिससिला च्यानसंग विवाह गरेको घोषणा पनि फेसबुकबाटै गरेका हुन् । दशौं हजार मानिसले उनको स्टाटसमा लाइक गरेका छन्, उनले स्टाटसमा तस्विर पनि शेयर गरेका छन् ।
जुकरबर्जले क्यालोफोर्नियाको पालो अल्टोमा सामान्य तरिकाले विवाह गरेका हुन् । उनले १०० जना भन्दा कम मानिसलाई विवाहमा बोलाएका थिए, उनीहरु पनि जुकरबर्गको गर्लफ्रेन्ड प्रिससिलाको जन्मदिन भनेर गएका थिए । २६ वर्षीया प्रिससिला चिनियाँ मुलकी अमेरिकी हुन् ।
उनीहरुबीच करिव ८ वर्ष अघि हावार्डमा भेट भएको थियो। फेसबुकले केही दिन अघि मात्र आईपिओ अफर गरेपछि जुकुरवर्गले विवाह गरेका हुन । अहिले पनि जुकुरबर्गसंग ५०३.६ मिलियन डलर बराबरको शेयर छ र उनीसंग ५६ प्रतिशत भोटिङ राइट पनि छ ।


















