संविधान नबन्नुको कारण अग्रगामी र यथास्थितिवादीबीचको टक्कर : प्रधानमन्त्री


काठमाडौ,१५ जेठ  ।  प्रधानमन्त्री बाबुराम भट्टराईले अग्रगामी र यथास्थितिवादी टक्करका कारण संविधान नबनेको बताएका छन् । पाँचौ गणतन्त्र दिवसको अवसरमा राजधानीको सैनिक मञ्च टुडिखेलमा आयोजित सरकारको औपचारिक कार्यक्रममा सम्बोधनका क्रममा उनले भने ," दलहरुबीच सहमतिमा गतिरोध, राजनीतिक विश्वासका ठाउँमा अविश्वासले यो स्थिति आईपरेको हो । "

१६ मिनेट लामो सम्बोधनका क्रममा उनले आफूले गरेका प्रयास र थालनीको व्याख्या गर्न कतै चुकाएनन् । अत्यन्तै भावुक देखिएका भट्टराईले जनतालाई आफनो मुल्याकंन गर्न आग्रह गर्दै जिम्मेवारीको हैसियतमा गल्तिको हिस्साको उत्वरदायित्व महषुसका साथ क्षमा याचना गर्नसमेत भ्याई छाडे । साथै उनले आगामी मंसिर ७ गतेका लागि घोषित संविधान सभाको चुनाव सफल बनाउन सबैमा आग्रह गरेका छन् । 

मुलुक ध्वस्त हुनबाट बच्यो : चित्रबहादुर केसी

संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा संघीयता आवश्यक नभएको पुष्टी भएको बताएका छन् ।

माओवादीको कारण संविधान सभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै मुलुकमा गम्भिर संकट सृजना भएको बताए । केसीले संविधानसभाले संविधान दिन नसकेकोमा दुख व्यक्त गर्दै मुलुक ध्वस्त हुनबाट जोगिएको टिप्पणी गरेका छन् ।

'माओवादीले मुलुकलाई जातीय संघीयतामा लगेर ध्वस्त पार्ने षडयन्त्रमा थियो,' केसीले भने, 'कांग्रेस, एमालेले जातीय संघीयता स्वीकार नगरेर मुलुकलाई ध्वस्त हुनबाट जोगाए ।' केसीले संविधान सभा विघटन हुँदा गणतन्त्र संस्थागत हुन नसक्ने बताए । 

'मुलुकमा झन राजनीतिक तरलता बढ्यो,' उनले भने,' माओवादीले चलाखीपुर्ण रुपमा निर्वाचनको घोषणा गरेको छ त्यो वैधानिक छैन ।