- महेन्द्र पौडेल
२०५० साल जेष्ठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । ०६९ साल जेठ ३ गतेसम्म आइपुग्दा उहाँहरुको मृत्युले १९ वर्ष पारगरिसकेको छ । बहुदलिय जनवाद सिद्धान्तका प्रतिपादक स्वर्गीय मदन भण्डारीको उदय खासगरी ०४९ साल माघ १४ देखि २० सम्म चलेको काठमाडौंको पाँचौं राष्ट्रिय अधिवेशनले जनताको बहुदलिय जनवादको सिद्धान्तलाई अगिंकार गरेबाट भएको हो । लामो कम्युनिष्ट इतिहासवाट निष्कर्ष निकाल्दै अघि सारिएको उनको सिद्धान्त जीवितै भएपनि उनी र उनका सहयोगीको मृत्यु एउटा रहस्यमय इतिहास बनेको छ । यो दुर्घटना मात्र थियो वा सुनियोजित षडयन्त्रभित्रको हत्या गर्भकै विषय बनको छ । त्यसो त विश्वका केही राजनेताहरु जस्तै २९ औं अमेरिकी राष्ट्रपति वारेन जी हार्डिङको होस वा भारतीय राजनेता राजीव गान्धीको हत्याको पर्दाफास आजसम्म हुन सकेको छैन । ती अपवाद र पृष्ठभूमिभन्दा पृथक रहेको यो घटना एउटा दुर्घटना भए पनि एमालेले अझैं दासढुंगा हत्याकाण्ड भन्न चुकेको छैन । यदि हत्या नै थियो भने नेपाली जनतासामु त्यो हत्याकाण्डको पर्दाफास गर्न नसक्नुमा एमाले दोषि देखिन्छ ।
साम्राज्यवाद र विस्तारवादविरुद्ध वारम्वार खनिने कम्युनिष्टहरुको आदर्शमा आफ्नै लोकप्रिय नेताको हत्या हुनुमा पर्दापछाडि कसको हात थियो भन्नेमा आजसम्म मौन हुनुले त्यसबेलाको परिस्थितिको मूल्यांकन गर्नुपर्ने बेला आएको छ । वि।स। २०४९ साल कलकत्तामा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा मदन भण्डारीद्वारा प्रस्तुत कार्यपत्रमा साम्राज्यवादी देश र पँुजीवादी देशले विश्वमा आफ्नो आधिपत्य कायम गर्न अपनाइरहेको तथ्यप्रति खुला विरोध प्रकट गरेका थिए । ती देशहरुको विरोध गर्दै पुँजीवादीहरु तिव्र रुपमा उदय भएको सार खोलेका थिए । वजार अर्थतन्त्रका नाममा कडा शर्तहरु अघि सार्नसक्ने तथ्यप्रति इंगित बहुराष्ट्रिय नाममा विदेशीहरु नयाँ नियम नयाँ संश्रय कायम गर्न खोजिरहेका छन् भन्ने तर्क उनले गरेका थिए । भण्डारी भन्छन् ‘माक्र्सवाद विश्वमा असफल भएको होइन बरु सोभियत नमुना मात्र असफल भएको हो’ उनको पुँजीवादी मुलुकका केही गुणहरुलाई समायोजन गर्नुपर्ने तर्क थियो । चीनको नीतिलाई सही वताउँदै चीनले खुल्ला अर्थ वजार नीति लियो जुन १९७९ देखि लागू ग¥यो । यस विषयमा पुँजीवादीको केही गुणहरु रहेको उनको कार्यपत्रको पृष्ठ ८ र ९ मा देख्न पाइन्छ । त्यस सम्मेलनवाट झनैं चर्चित हुन पुगेका भण्डारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित मात्र बनाएन उनी विदेशी सामु सेलिबे्रटि नै बन्न पुगे । त्यसबेलाका प्रसिद्ध टाइम्स पत्रिकामा त झन कार्लमाक्स अझैं नेपालमा जीवित छन् भनेर उनले दक्षिण एसियामा कम्युनिष्टको शक्ति र उदयको पर्दाफासै गरे ।
अव प्रश्न उठ्न सक्छ, के यो हत्याकाण्ड षडयन्त्र होलात रु किनकि यसमा अवश्य नै षडयन्त्रको गन्ध हुनसक्छ भन्ने एउटा शंका झन व्यापक हुन पुग्यो, जव एकमात्र साक्षीका रुपमा रहेका त्यसबेलाका उनका गाडी चालक अमरलामाको हत्या कीर्तिपुरमा २०६० साल श्रावण ११ गते दिउँसो करिव ५ वजे हुनपुग्यो । काठमाडौंको बागबजारस्थित जयनेपाल साँस्कृतिक केन्द्र खोलेर बसेका लामाको अफिसमाथि माओवादी पीडित संघको कार्यालय थियो, त्यसबेलाका माओवादी पीडित संघका अध्यक्ष गणेश चिलुवाल र यो पंक्तिकार संयोजकत्वमा स्मारिका प्रकाशन गर्ने क्रममा लामासँग धेरैपल्ट अन्तरंग अनौपचारिक छलफल थियो । तर दुर्भाग्य उनको हत्या हुन पुग्यो । अन्ततः लामा हत्याकाण्डबाट सेलाउन पुग्यो दासढुंगा हत्याकाण्ड अनि झन रहस्यमय हुनपुग्यो । यसरी दासढुंगा काण्डवारे यावत प्रश्न खडा हुन्छ । कम्युनिष्ट नेताहरुको हत्याकाण्डको उदाहरण दिनुपर्दा विश्वइतिहासलाई हेर्दा ‘स्टालिनको हत्या गर्ने षडयन्त्रमा उनकै छोरी लागेकी थिइन’ र फिडेल क्यास्त्रोको हत्यागर्ने षडयन्त्रमा उनकै बहिनी सक्रिय थिइन भन्ने कुरा त्यसबेलाका सार्वजनिक भएका थिए । यसोभन्दा दासढुंगा काण्डका पछाडि संगठन वा सहयोगीको भूमिका त थिएन भन्ने प्रश्न कदापि होइन, प्रश्न त्यो हो त्यसपछिका गतिविधिमा संगठनको भूमिका साघुँरिएको होकि भन्ने । किनभने त्यसबेलाको अनेकौं परिस्थितिजन्य घटना र भिसेरा रिपोर्टले हत्याको संकेत गर्दछ भन्ने कुरा तत्कालिन एमालेका धेरै नेता र लेखकहरुले प्रष्टाइदिएका थिए । यदि हत्या नै थियो भने अनिल आयोगको विरुद्ध एमालेले ठूलै आन्दोलन चर्काएको कुरा हाम्रा सामु छर्लङ्गै छ जुन आन्दोलनमा करिब १५ जना नेपालीले ज्यान गुमाउन पुगेका थिए । तथापि एमालेले यस काण्डलाई भ¥याङ्ग बनाउन समेत पछि परेन । बारम्बार सरकारमा पुगेर पनि एमाले मौन रह्यो । सरकार निर्माणका क्रममा एमालेबाट धेरै गृह मन्त्री भए । स्वयं उहाँकी धर्मपत्नी विद्याभण्डारी दासढुंगा पुगेर हत्यारालाई पत्ता लगाउन प्रतिज्ञा गरेको सर्वविदितै । उनी रक्षामन्त्रीसमेत हुन पुगिन् तर वास्तविकता सार्वजनिक हुन सकेन ।
भण्डारी एमालेका मात्र नभएर नेपाली जनताका जनप्रिय नेता थिए । सारमा उनको राजनीतिक सेरोफेरो देश र जनताप्रति नै केन्द्रित थियो । उनको मृत्युले स्तब्ध नेपाली जनता र त्यसबेलाको क्षणलाई हेर्दा थाहा हुन्छ । आफ्नो पार्टीको सरकार बनेमा दासढुंगा घटना र यसभित्रका षडयन्त्र र अपराधीलाई पर्दाफास गर्ने कसम खाएको एमाले चुक्न पुग्यो । अझ विस्तृत रुपमा भन्नुपर्दा त्यसबेलाका महासचिव माधवकुमार नेपालविरुद्ध स्थायी समिति सदस्य वामदेव गौतमले १५ बुँदे असहमतीको ७ नम्बरमा दासढुंगाकाण्ड अपराधीहरुको खोजीकार्यमा तत्परता नदेखाएको असन्तुष्टी जाहेर गरे । यथार्थतामा भन्नुपर्दा एमालेको जग मदन भण्डारीको बहुदलिय जनवाद नै हो जुन आज पर्यन्त छ । तर यो केवल आडम्बरमात्र देखियो । अकस्मात भण्डारीको दुर्घटनाले स्तब्ध बयोवृद्ध नेता मनमोहन अधिकारीले बरु आपूm मरेको भए हुन्थ्यो भनेर भण्डारी पार्टीको र देशको लागि चाहिने राजनेता थिए भन्ने कुरा पत्रकारसामु पोखेका थिए । त्यसैगरी तत्कालिन नेपाली काग्रेंस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि देशले सुयोग्य नेता गुमाएको बक्तव्य दिए । जब एमालेमा पार्टी अध्यक्ष मनमोहन अधिकारीको निधन भयो त्यसपछि गिरिजाप्रसाद कोइरालाले अव एमालेमा लिडर अर्थात नेता नै छैनन् भनेर सार्वजनिक रुपमा भनेको कुरा आज आएर सावित भएको छ । एमालेको राजनीतिक अडान बारम्बार फेरिने गरेको नेपाली राजनीतिमा देख्न पाइन्छ ।
देशलाई एउटा विद्वान् राजनेताभन्दा पनि कुशल नेतृत्वदायी नेताको आज खाँचो छ । यसरी लथालिङ्ग र भताभुङ्ग अवस्थाको सिर्जनामा राजनीतिक दृढ निर्णयको अभाव रहेको र त्यसको असर जनतामा परेको छ । उहाँको आफ्नै पार्टीले कुशल नेतृत्वदायी भूमिका निभाउन नसकेर नेपालको राजनीतिमा तेश्रो हिस्सा ओगट्न पुगेको छ । आज मदन भण्डारी वाँचेको भए, देशले नयाँ गति लिन्थ्यो वा जनयुद्धको मार देशले बेहोर्न पर्दैन्थ्यो भन्ने जनमानसमा चर्चा चल्ने गर्छ । आज उहाँहरु बितेको १९ वर्ष पुगिसक्दा पनि जनतासामु अपराधीलाई सार्वजनिक गर्न सकिएको छैन । जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धान्जली टक्राउन हरेक वर्षझैं यस वर्ष पनि नेताहरु जालान र दरो मुठ्ठी कस्लान् तर उनको हत्याको वारेमा मौन हुनेछन् । फेरि जनताको बहुदलीय जनबादको सिद्धान्तलाई आत्मसात गर्ने खोक्रो कसम खानेछन् । यो कतिसम्म र कतिन्जेल चल्नेछ रु अन्तत इतिहासको कालखण्डमा एक दिन यसको प्रश्न माग्नेछन् । त्यो बेला पक्कैपनि निरिहता महसुस हुनेछ ।

















