अष्ट्रेलिया जाने सपनाले सोनमलाई जेल पुर्‍यायो


काभ्रे, ९ जेठ । नक्कली आमाबाबुले सम्पत्ति डहपेपछि यो गति भयो, आफन्तको गहना चोरीमा प्रहरी हिरासतमा रहेकी महाराजगन्जकी सोनम केसीले भनिन्, ‘अष्ट्रेलिया जानका लागि सुरुमा ६० हजार रुपैयाँ चाहिएको थियो र त्यही रकम जुटाउन खोज्दा प्रहरी खोरमा पुगियो ।’ २२ वर्षीया केसीलाई २५ बैशाखमा बनेपा प्रहरीले चोरीको आरोपमा पक्राउ गरेपछि उनका जीवनका अनेक पाटा उद्घाटित भएका छन् ।

आफन्तको घरवाट चोरिएको १९ तोला सुन र नगत ३० हजार रुपैयाँसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । करिब ५० लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति नक्कली बाबुले हडपेपछि पतिले अष्ट्रेलिया लैजाने तयारीमा चाहिएको ६० हजार जुटाउने क्रममा केसी चोरीको आरोपमा प्रहरी हिरासतमा छिन् । 

पति विक्कीले डिपेन्डेन्ट भिसा पठाउने भनेपछि केसी आठ लाख रुपैया जुटाउन लागेकी थिइन । उनलाई सुरुमा ६० हजार रुपैयाँ चाहिएको थियो । उनी पैसा माग्न नक्कली वावु गोविन्दकृष्ण श्रेष्ठकहाँ पुगेकी थिइन । तर उनलाई रकम दिनुको साटो घरभित्रै छिर्न नदिएपछि समस्यामा थिइन् । श्रेष्ठ केसीका नक्कली बाबु हुन् । गोविन्दकृष्णले छोरी बनाएर पाल्ने भनेपछि केसी आनीको उपाधि लिन इजरायल जाने योजना त्यागेर उनीहरुसंग बस्न गएकी थिइन् । उनले भनिन्,’इजरायल गएर आनी हुनुभन्दा आमाबाबुसंग खुला जीवन बिताएर बस्नु वेश ठानेर कक्षा ७ मा भर्ना भएँ ।’

तर उनको सपनाले सार्थकता पाएन । कक्षा १० पढ्दै गर्दा उनका नाममा काठमाण्डौवाट लिइएको नागरिकताले सडकमा पुर्‍यायो । नक्कली बाबु गोपालकृष्णाले नागरिकता बनाइदिएपछि उनका नाममा भएको जग्गा नामसारी गरेर ४४ लाख रुपैयाँमा बेचे अनी केसीलाई घरवाट निकालिदिए । उनी जन्मेको आठ महिना नपुग्दै बाबु हरिप्रसाद श्रेष्ठको धादिङमा दुर्घटनामा ज्यान गएको थियो । नेपाल बैँकमा म्यानेजर रहेका बाबुको जाजरकोटबाट आउने क्रममा मृत्यु भएपछि आमा कृष्ण कुमारी डिएसपीसंग पोइल गएकी थिइन् र उनी हजुरआमा विष्णुमायासंग बस्दै आएकी थिइन् ।

नक्कली बाबुले घरबाट निकालिदिएपछि उनले प्रवेशिका परिक्षा लगत्तै गायनको प्रशिक्षण लिदै थिइन् त्यही क्रममा उनको गोगबुकै बिक्की केसीसंग प्रेम वस्यो । केही नेवारी भिडियोमा अभिनय गरेकी केसीले विवाहपछि सांगीतिक यात्रा रोकिन् । पति अष्ट्रेलिया गएपछि घरमा उनलाई राम्रो भएन । अष्ट्रेलियाबाट एक महिनामै पति भेट्न आए,’केसीले सुनाइन्, ‘सिनामंगलको एउटा होटलमा केही रात विताइयो ।’ उनले २२ हजार रुपैयाँमा मोवाइल बेचेर होटलको पैसा तिरेको सुनाइन् । विक्की उनलाई घरमा राखेर पुनः अष्ट्रेलिया गए र अहिले उनलाई लैजाने तयारीका लागि भिसाको प्रक्रिया सुरु भएको थियो , ‘जीवन यस्तै भयो, उनले रुदै भनिन् ,’२२ महिनाको छोरा भएका कारण मर्न पनि सकिनँ । संसारले धोका दिए पनि पति र छोराको साथ पाएकाले उनी अष्ट्रेलिया जाने सपनामा थिइन् ।