दाङ, १० जेठ । दाङको तुलसीपुरमा २३ दिनकी शिशुलाई आफ्नै आमाले घाँटी थिचेर हत्या गरेकी छन् ।
मंगलबार दिउसो शिशुको हत्या भए पनि राति अबेर मात्र घटना सार्वजनिक भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टीकाले पतिबाट बारम्बार छोरी आफ्नो नभएको भन्दै मानसिक तनाव दिइएपछि शिशुको हत्या गरेको प्रारम्भिक बयान दिएकी छन् ।
‘यो मेरो छोरी हैन भन्दै गाली गर्ने गरेपछि बाध्य भएर हत्या गरे,’ उनले भनिन् ।
हत्याका सम्बन्धमा आवश्यक छानविनका गर्न टीकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

















