संबिधान नआउने पक्का, विकल्पमा चुनाव वा संकटकाल (प्रचण्डको भनाइसहित)


काठमाडौं , १४ जेठ । ६० बर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौको रगतसँग साटिएको संविधानसभालाई अन्ततः दलका नेताहरुले असफल बनाएका छन् ।

आज राती १२ बजेदेखि संविधान सभाको म्याद औपचारिक रुपमा सकिने छ । सहमति जुटाउन बसेका दलका नेताहरुले संविधान जारी गर्ने प्रयास असफल भएको सार्वजनिक घोषणा गरेका छन् ।

दिनभरको वैठकपछि राती करिव १० बजेतिर संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘संविधान सभा जोगाउन सकिएन ।’ उनले संकटकाल वा नयाँ चुनावबारे छलफल भइरहेको बताए ।
२ वर्षका लागि गठन भएको संविधानसभाको कार्यकाल ४ वर्ष पुर्‍याउँदा पनि नेपाली जनतालाई संविधान दिन असफल भएका दलहरु अब विकल्पको खोजीमा जुटेका छन् । श्रोतका अनुसार नयाँ संविधानसभाको निर्वाचनको घोषणाको सम्भावना बढी छ । यद्यपी दलहरुबीच संकटकालको घोषणा गरेर संविधानसभाको म्याद ६ महिना लम्बाउने बिकल्पबारे पनि छलफल गरिरहेका छन् ।
अनलाइनखबर