कर्णालीका आन्दोलनकारीलाई वार्तामा आउन आहृवान


काठमाडौं, ११ जेठ । सरकारले कर्णाली स्वायत्त प्रदेश संघर्ष समितिलाई आन्दोलन रोकेर वार्तामा आउन आहृवान गरेको छ ।

सरकारी वार्ता टोली संयोजक शान्तिमन्त्री टोपबहादुर रायमाझीले जुम्लाका सभासद नरेश भण्डारीको संयोजकत्वमा गठित संघर्ष समितिलाई पत्र पठाई ५ जनासम्मको वार्ता टोली गठन गरि वार्तामा आउन आहृवान गर्नु भएको हो । 

आम जनताको जायज माग र गुनासाहरुलाई वार्ता, संवाद एवं सहमतिका माध्यामबाट उपयुक्त ढंगले व्यवस्थापन गर्दै जाने र मुलुकमा विद्यमान शान्ति र संविधान निर्माणको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने नेपाल सरकारको उद्देश्य रहेको पत्रमा उल्लेख छ ।

संघर्ष समितिका संयोजक भण्डारीले जारी आन्दोलन फिर्ता नहुने तर वार्ता र आन्दोलन सँगसँगै अगाडि बढ्ने बताउनुभयो । विशेषाधिकारसहितको स्वायत्त प्रदेशको माग गर्दै समितिद्धारा घोषित कर्णाली बन्द अहिले जारी छ ।