सेक्सबारे नबोल्नु नै बेस: नायिका रेजिना उप्रेती


युरोप भ्रमणका क्रममा नेपालीकी चर्चित नायिका रेजिना उप्रेती एवम् नेपाली गायक एवम् संगीतकार प्रदिप बम्जन हाल बेल्जियममा कार्यक्रम गर्ने तयारीमा रहेका छन् । पेरिसमा भएको युरोपस्तरिय एकल नृत्य प्रतियोगिता २०१२ मा अतिथिका रुपमा आमन्त्रित रेजिना र बम्जन पेरिस र जर्मनीको कार्यक्रम पश्चात २ साता अघिदेखि बेल्जियममा रहदै आएका छन् ।


बेल्जियममा कार्यक्रमको तयारीमा रहेकी नायिका रेजिना उप्रेतीसँग दिपक सुवेदीले गर्नुभएको छोटो कुराकानी :


* ) युरोपमा के गर्दै हुनुहुन्छ रेजिनाजी  ?

- घुमघाम भनौ, पेरिस हल्याण्ड, जर्मनी, लक्जेम्बर्ग घुमे अहिले बेल्जियममा छु, यहाँको पनि आन्तवेर्पेन, ब्रुसेल लुवेन घुम्ने तर्खरमा छु ।

* ) तपाईंलाई घुमे मध्येको युरोपमा तपाईं लाई सबैभन्दा मन परेको ठाउँ कुन ?

-  सबै ठाउँ रमाइलो नै लाग्यो जस मध्ये हल्याण्ड घुम्न गइयो धेरै रमाइलो भो ।

* ) खास के शिलशिलामा युरोप भ्रमणमा निस्कनु भएको हो ?

- पेरिसको डाण्स प्रतियोगितामा आएकी थिएँ जहाँ निर्णायक बसेकी थिए । खासै कसैले स्पेशल्ली कार्यक्रम गर्ने भनेर बोलाउनु भएर आएकी त होइन तर आए पछी कार्यक्रम गर्ने योजना छ ।

* ) बेल्जियममा पनि कार्यक्रम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु, कहिले गर्दै हुनुहुन्छ ?

- हजुर नेपाल बाट प्रदिप बंम्जन दाई र म आएको, पेरिस र जर्मनीमा कार्यक्रम गरी सक्यौ अब १ तारिक हल्याण्डको आम्स्टर्डम, जुन ९ तारिक बेल्जियमको लुवेन र जुन १० तारिक लक्जेम्बरमा कार्यक्रमा देखाउने तयारीमा छौ ।

* ) बिना प्लान आएर कार्यक्रम आयोजना गर्दा कत्तिको गार्हो भएको छ ?

- खासै गार्हो भएको छैन, पेरिस आइसके पछी २ महिना भिसा छ, सबैले कार्यक्रम गरौ न त भन्नु भयो र यहाँ एनआरएनले, बिभिन्न संस्था, कलाकार प्रेमी साथीहरु र यहाँ दाई हरुले धेरै सहयोग गर्छु भने पछी हामी कलाकारले नाइ भन्ने कुरा भएन । जे होस सबैले सहयोग गर्नु भएको छ ।

* ) तपाईं नायिका कार्यक्रममा तपाईं के गर्नुहुन्छ ?

- म कार्यक्रममा डाण्स गर्छु । स्टेज प्रोग्राममा यम्सी गर्नु भन्दा पनि नाच्नु नै राम्रो हुन्छ, मलाई नाच्न मन पर्छ ।

* ) ग्ल्यामर हिरोइन नाच्ने भने पछी छोटा छोटा लुगा, सेक्सी डाण्स, बेल्जियममा लहल्का मच्चिने भो हैन त ?

- हा हा हा, ग्ल्यामर सेक्सी त युरोपमा बस्नु भाको छ उहाहरुले त हेरिराख्नु भाको छ है !, अनी यहाँ टिपिकल नेपाली नाच पनि होस्, ग्ल्यामर डाण्स मनपराउने दर्शक पनि हुनुहुन्छ ग्ल्यामर डाण्स पनि होस् । म सबै लाई मन पराउने खालको ग्ल्यामर , टिपिकल सबै गरी २/३ वटा डाण्स गर्छु । सबै छोटा ड्रेसहरु हुँदैनन, फरिया चोली पनि हुन्छ ।

* ) आज भोली धेरै हिरोइनहरु छोटो छोटो लुगा लगाएर फिल्म खेल्ने गरेका छन, नाचहरु तेस्तै, कथाले मागेर हो ?

- त्यो के भने गीत अनुसार हुन्छ । जस्तो “लाली गुरास अजम्बरी चम्पा चमेली” यस गीतमा छोटो लुगा लगाएर नाच्ने कुरा भएन र “उध्रेको चोली छ है” यसमा लामो लामो लुगा लगाउने कुरा भएन । कथा भन्दा पनि गीतले मागे अनुसार नाच्नै पर्छ ।

* ) तपाईंको उमेर कती भो ?

- केटी मान्छे लाई त्यही माथि पनि उमेर है, किन कसरी सोध्नु भो ? हा हा हा….. मेरो जन्म पुष २७ गते यती भनौ, म उमेरमा होइन काममा बढी विश्वाश गर्छु । एक दिन मर्नु नै पर्छ उमेर लुकाएर त लुक्दैन तैपनी !

* ) उमेरसँगै बिहे गर्ने रहर लागेको छैन ?

- रहर भन्नु भन्दा पनि समय आए पछी हुने कुरा हो । कहिले कहाँ र को भन्ने म पछी दर्शकहरुलाई समय आए पछी भनी हाल्छु ।

* ) तपाईंलाई आज सम्म कसैले प्रेम प्रस्ताव राखेका छैनन ?

- एउटा कलाकार अनि केटी मान्छे, प्रस्ताब न आउने त कुरै भएन, फ्यानहरु पनि हुन्छ, मन पराउने पनि हुन्छ, आफुले कस्तो व्यक्तीलाई मन पराउने भन्ने कुरा, समय आए पछी बिस्तारै ।

* ) तपाईं लाई कुनै व्यपारिले बिहे गर्छु फिल्म नखेल भन्यो भने के गर्नु हुन्छ ?

- त्यस्तो व्यक्ती संग मेरो कुरै मिल्दैन, बिहे को कुरा त झन पर, साथी भाई त भईहाल्छन । तर त्यो तरिकाले चै पहिला सबै कुरा बुज्नु पर्‍यो, मेरो इन्डस्ट्रिज लाई बुज्ने मान्छे हो कि होइन ? कला लाई माया गर्ने मान्छे होकी होइन, उहाले मेरो एक्टिङलाई मात्रा हेरेर आss रेजिना लाई बिहे गर्न पाए हुन्थ्यो भन्ने सोच भाको मान्छे सँग मेरो जीवन चल्दै चल्दैन । त्यसैले बिजनेश म्यान भए पनि हामी कलाकार लाई बुझ्ने र कला लाई माया गर्ने, ट्युनिङ मिल्ने कुरा मिल्ने भयो भने अवश्य हुन्छ ।

* ) तपाईं लाई मन पर्ने नेपाली हिरो को ?

- त्यस्तो सबै कुराले मिलेको हिरो कोही पनि छैन । तर एक्टिङमा दिलिप रायमाझी, एक्सनमा निखिल र बिराज भट्ट मन पर्छ भने भुवन दाईको अदाह मन पर्छ । भुवन केसी दाई लाई देखे पछी हर कोही केटी पट्टिन्छन ।

* ) तपाईं लाई सेक्सी नायिका भनेर चिन्ने गर्छन्, तपाईं लाई कस्तो लाग्छ ?

- मुसुक्क हाँस्दै सबैको हेर्ने दृष्‍टिकोणमा भर पर्छ, मलाई जुनाकिरीको क्यारेक्टर गर्दा फरिया चोलीमा हिंड्ने सोझी गाउले केटी भनेर चिन्थे बिचमा थुप्रै क्यारेक्टर गरियो छ्यासमिस छ मेरो क्यारेक्टर, सेक्सी त आज पहिलो पटक सुन्दै छु, म सेक्सी नायिका भन्दा पनि कलाकार भन्न रुचाउछु । फेरी हासिन ssss जे होस् सबैको मनमा बस्न सफल भएकी रहेछु हैन त ?

* ) तपाईं आज सम्म गरेका चलचित्र मध्ये सम्झन लायकका चलचित्रहरु के के हुन ?

- क्वान्टिटीको हिसाबले मैले धेरै चलचित्रहरु गरे लगभग ६० ६२ चलचित्रहरु मध्ये वाह यस्तो गरेछ रेजिनाले भनेर सम्झन लायकका थोरै मात्र चलचित्रहरु छन जुन औलामा गन्न सकिन्छ । मलाई मन परेको जस्तो चिनो, आफ्नो मान्छे जुन सुपरहिट मुभी भन्न चान्छु, त्यसै गरी सात जना हिरोइन हरुले सँगै गरेका थियौ इन्द्रेणी, त्यसै गरी बिराज भट्टको पहिलो मुभी अग्नि पथ र भन्नु नै पर्दा मैले भर्खरै बनाएको चलचित्र बरदान , मैले यस्तो रोल गरेको छु कि मैले आज सम्मको फिल्मी क्यारिएरमा यस्तो रोल गरेकी छैन, निकै शसक्त, एकदमै रिस्क र पावर फुल एक्सन छ कि जुन दर्शकले मन पराउने हुन कि हैनन कि भन्ने डर छ । अहिले नै भन्दा सबै सस्पेन्स खुल्न सक्छ जुन आज सम्म कै राम्रो फिल्म म भन्न चाहन्छु ।

* ) तपाईं फिल्म लाइनमा कसरी प्रवेश गर्नु भयो ?

-  सानै देखी नाच्ने गाउने मेरो शोख हो । सबै भन्दा पहिला नेपाल टेलिभिजनमा चेतना भन्ने टेलिशिरियलमा जुनकिरीको रोल बाट मेरो क्यारेक्टर शुरु भएको हो । जहाँ मलाई लय संग्रौला डाइरेक्टर साबले ब्रेक दिनु भएको थियो । जहाँ १ बर्ष म नेपाल टेलिभिजन कै जुनकिरी बने । त्यस बेला मलाई गाउले केटीको ट्याग लाग्यो रेजिनाले ग्ल्यामर गर्न सक्दैन भन्थे पछी “आफ्नो मान्छे” चलचित्रमा शिव रेग्मी डाइरेक्टर साबले फिल्म खेलाउनु भयो, जहाँ मेरो रोल बहिनीको थियो । आफ्नो मान्छे लाई म सुपर हिट मुभी भन्न रुचाउछु । र हाम्रो खान्दान बाट हिरोइनमा युवराज लामाले मलाई हिरोइन बनाउनु भयो । यि तिनै जना लाई मेरो क्यारियरको ‘गडफादर’ भन्न रुचाउछु । त्यस पछी त धेरै चलचित्रमा खेल्न थालियो, आज सम्म पछाडि फर्केर हेर्नु परेको छैन ।

* ) हिरोइनहरु सेक्सलाई सहज रुपमा लिन्छन तपाईं के भन्नु हुन्छ ?

 - सेक्सका बारेमा नबोल्नु नै बेस होला । हा हा हाss पृथ्वीका सबै प्राणी लाई थाहा छ सेक्सका बारेमा , सबैलाई थाहा भएको बिषयमा म नबोल्दा नै राम्रो ।

* ) फुर्सदको समय के गर्न मन पराउनु हुन्छ ?

- म क्रिकेट हेर्छु त्यस माथि मेरो बाबाले दिन भर क्रिकेट लगाउनु हुन्छ कुरै नगरौ । र सबै अनलाइन न्युजहरु हेर्छु दिन भर व्यस्त हुन्छु पढ्दा पढ्दै, बेल्जियमका पनि सबै अनलाइन न्युज पढि सके । म मिठो खाना बनाउछु, दाल भात अचार तरकारी सबै ।

* ) तपाईं लाई मन पर्ने खाना के हो ?

- मलाई दाल भात तरकारी अचार नै मिठो लाग्छ र अर्को पिज्जा मन पर्छ ।

* ) बेल्जियममा धेरै नेपालीहरु छन कस्तो लाग्यो तपाईंलाई बेल्जियम ?

- साँच्ची भन्दा मैले यहाँ आएर राजनीति सिकेँ । नेपालमा मलाई राजनीति भन्ने केही थाहा थिएन यहाँ कुरै नगरौ ।

* ) युरोपका धेरै ठाउँहरु घुम्नु भयो, युरोप बासी नेपालीहरुलाई के भन्न चाहनु हुन्छ ?

- हजुर हाम्रो प्रदिप दाईको एउटा गीत छ ” चिनारी हाम्रो एउटै नेपाली” भन्ने त्यसलाई आत्मा साथ गर्दै जहाँ बसी रहनु भएको छ खुशी भएर रहनुहोस् । विदेशिनु हाम्रो बाध्यता बनेको छ, विदेशिए पनि हाम्रो नेपाली पन अस्तित्व जहाँ गए पनि मेटिदैन, नेपाली भएर नै रहनु । र सबै भन्दा मुख्य कुरा स्वस्थ रहनु पर्‍यो व्यस्त रहनु पर्‍यो बिजी हुनु पर्‍यो र काम गर्नु पर्‍यो । यि तिनै चिज भाईसके पछी हेप्पी लाइफ हुन्छ जिन्दगी अगाडि हुन्छ, टेन्सन लिनु भएन, यती नै भनौ ।

* ) हजुर युरोप आएर ब्रुसेलनेपाल डटकम लाई आफ्नो अमुल्य समय दिनु भयो त्यसको लागि धन्यवाद दिदै बिदा हुन्छु !

- तपाईं लाई पनि धेरै धेरै धन्यवाद ! १ महिना भयो युरोप आएर यसरी पहिलो पटक अन्तर्वाता दिदैछु, जेहोस् तिता मिठा कुरा हरु बोल्ने अवसर दिनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद, नमस्कार !!