अमेरिका, न्यूयोर्क - अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा मे १२ मा आयोजित एक कार्यक्रममा memorandum of understanding (mou) मा एक सम्झौता भएको छ ।
न्यूयोकको रिजउडमा अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा आयोजत उक्त कार्यक्रममा उक्त संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ ।
अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित कार्यालय नियोग दुतावास र अमेरिका नेपाल व्यवसायी संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले “आज भएको यो सम्झौता अमेरिकामा रहेका नेपाली व्यापारी,व्यवसायी र नेपालमा रहेका व्यापारी व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।” आज पछि अमेरिकामा अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने, देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।
अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै । अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।
उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोईेल नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो ।
कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा , पत्रकार सूर्य थापा , UNDFका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लागायतका पर्तिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा स्टेट बाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र यो संस्था गैर राजनितीक , मुनाफा रहित हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक हितको लागी यो संस्था गठन भएको र यसले नेपालमा अमेरिकन लगानि भित्रयाउने र अमेरिकामा रहेका व्यापारी,व्यवसायीको हकहित संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ ।
अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी भित्र्याउन का लागी नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी, व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

















