काठमाडौ, १९ जेठ । संविधानसभाको विघटन गराउने प्रुमख पात्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस र एमालेसहित १६ दलले जेठ २६ गते देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
सरकारको एकलौटी निर्णय विरुद्ध र राष्ट्रिय सहमतिको सरकारको माग गर्दै एमाले मुख्यालय बल्खुमा बसेको १६ दलको बैठकले देशव्यापी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
नयाँ संविधानको घोषणा नहुँदै जेठ १४ गते मध्यरातिबाट संविधानसभाको विघटन भएको थियो । व्यवस्थापिका संसद रहँदा नै संविधानमा निर्वाचनसम्बन्धी धारालाई परिवर्तन नै नगराएर गैरकानुनी चुनाव गराउन खोजेको भन्दै दलहरुबीचको सहमति बिना गरिएको निर्वाचन घोषणा अन्तरिम संविधान विपरीत रहेको भन्दै त्यही दिनदेखि कांग्रेस एमाले लगायतका दलहरुले त्यसको बिरोध गर्दै आएका छन् ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले आज नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई भेटेका छन् । बिहीबार बेलुका एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेका थिए ।

















