काँग्रेस नेता विमलेन्द्र निधि पैसा र पावरका भरका मापदण्ड विपरीत अस्पताल चलाउँदै


काठमाण्डौं, २० जेठ । आजभोलि आम सर्वसाधारणको उपचारको नाममा नाफा कमाउने उद्देश्यले महँगा अस्पताल खोल्ने खेती नै सुरु गरिएको छ । त्यसमा पनि कतिपय अस्पतालहरु पैसा र पावरको आडमा मापदण्ड विपरीत निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । गौशाला चोक नजिकै रहेको महेन्द्रनारायण निधि अस्पताल यस्तै एउटा उदाहरण हो ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका बुवाको स्मृतिमा गत बैशाख २७ गतेबाट सञ्चालित महेन्द्रनारायण निधि अस्पताल पनि सरकारी मापदण्ड पुरा नै नगरी सञ्चालन भईरहेको छ । मापदण्ड नै विपरीत नेता निधिले पैसा र पावरका भरका अस्पताल चलाउँदै आएका छन्  ।

सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृति दिनुपर्ने नियम भए पनि स्वास्थ्य मन्त्रालयको मिलेमतोमा स्वीकृति दिई अस्पताल सञ्चालन गरेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् । उनका अनुसार निधिको अस्पताललाई स्वास्थ्य मन्त्रालयले सरकारको नियमावली विपरीत स्वीकृति दिएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रविण मिश्रले भने हस्पिटललाई विधि सम्मत स्वीकृत दिएको बताएका छन् । - समाचार दैनिक