नाईजेरिया, २२ जेठ, एजेन्सी । नाईजेरियाको आर्थिक राजधानी लागोसको एक आवासीय क्षेत्रमा भएको विमान दुर्घटनामा कम्तिमा १ सय ५३ जनाको मृत्यु भएको छ । घरमा ठोक्किएपछि विमानमा आगो लागेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताए अनुसार उक्त विमानबाट जीवित मानिसहरु भेटिने कुनै आश नरहेको बताएका छन् । अधिकारीहरूका अनुसार विमान ठोक्किएको घर पनि क्षतिग्रस्त भएका कारण घरमा रहेका मानिसहरूको यकिन संख्या थाहा हुन नसकेकाले मर्नेको संख्या बृद्धि हुन सक्ने छ ।
दुर्घटनापछि आगो लागेको विमानको आगो निभाउन दमकल तथा आपतकालीन सेवकहरूलाई खटाइएको थियो । यस घटनापछि सरकारले आपतकालिन अवस्थाको घोषणा गर्दै तीन दिन शोक मनाउने घोषणा गरेको छ ।
हिजो भएको उक्त दुर्घटनापछिका केही दृश्यहरू यस्ता छन् :