काठमाडौं, १३ वैशाख (एजेन्सी) । अन्तर्राष्ट्रिय अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनले यूरोपमा मुस्लिम समुदायका नागरिकमाथि भेदभाव हुने गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ । एमनेष्टीको पछिल्लो प्रतिवेदनमा भनिएको छ, "पारम्परिक भेषभुषाका कारण मुसलमानको शिक्षा र व्यवसायमा कम अवसर दिइएको छ ।"
यूरोपका देशहरुमा मुस्लिम महिलाहरुलाई बुर्का लगाउनसमेत प्रतिबन्ध लगाएको एमनेष्टीको प्रतिवेदन उध्रीत गर्दै बीबीसीले जनाएको छ ।
सो लगाउन नदिएको प्रति एमनेष्टीले आलोचना गरेको छ । एमनेष्टीका युरोप तथा मध्य एसिया निर्देशक जोन डलहुइजेनले युरोपका सरकार र सार्वजनिक सेवा प्रदायकले भेदभाव कम गर्न पर्याप्त प्रयास नगरेको भन्दै त्यसलाई झन बढावा दिएको आरोप लगाएका छन् ।
एमनेष्टीको प्रतिवेदनमा बेल्जियम, फ्रान्स, नेदरल्यान्ड र स्पेनमा मुस्लिम महिलालाई बुर्का लगाउन रोक लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।