भ्याद छल्नेको विवरण ७ दिनभित्र सार्वजनिक गर्न लेखाको निर्देशन


काठमाडौं, १२ वैशाख । सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई मूल्य अभिवृद्धि कर (भ्याट) छल्नेको नामलगायत सम्पूर्णविवरण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले मन्त्रालयलाई उक्त निर्देशन दिएको हो । समितिले सामाजिक सुरक्षाका लागि विनियोजित रकम अन्यत्र नसार्न अर्थमन्त्रालयलगायत सबै मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।


चालु आर्थिक वर्ष बजेट निकासा खर्च र रकमान्तरको मन्त्रालयगत विवरण यही वैशाख २० गतेभित्र समितिमा पठाउन पनि अर्थमन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति रामकृष्ण यादवले बताए ।

कानुनबमोजिम बाहेक कुनै किसिमको रकमान्तर एवं सोधनान्तर नगर्न सरकारका सबै मन्त्रालयलाई आजको बैठकले निर्देशन दिएको सभापति यादवले बताए ।