काठमाण्डौ, ४ जेठ । एकीकृत नेकपा माओवादीका १६ सभासदले जातीय पहिचान सहित ११ प्रदेशको नाम राखेर संविधान जारी नगरे संविधानमा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् ।
गोपाल किराती सहितका १६ जना सभासद र ६ जना केन्द्रीय सदस्य सहित २२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ६ बुदे ज्ञापनपत्र बुझाएका छन् ।
किरातीसहित ओनसरी घर्ति, रामकुमार यादव, मोहन खत्री, समिता कार्की, रामकुमार राई, फूर्वाछिरी शेर्पा, ठिमी लामा, पेशल खतिवडा लगायत २२ जनाले हस्ताक्षर गरेका छन् ।
किराती सहितको समूहले संविधान सभाको राज्य पूनसंरचना समितिले सिफारिस गरेको १४ प्रदेशको प्रस्तावका आधारमा प्रदेशको नाम राख्न दबाब दिएको छ ।

















