हरि भण्डारी, प्युठान, ३ जेठ । वाँदिकोट ६ प्युठानका एक बालकको लिङ्ग फेदैबाट कुकुरले खाइदिएकोले उनी लिङ्गबिहिन छन् । ७ वर्षीय छोरा सन्तोष केसीको लिङ्ग नै नरहेपछि बुवा गिरबहादुर र आमा विजुलाले छोराको पुरुषत्व बचाइदिन सबैसँग अनुरोध गरेका छन् ।
वालक सन्तोषलाई घरमा छोडी अभिभावक काम गर्न बाहिर गएको बेला सन्तोषको लिङ्ग गाँउकै कुकुरले खाइदिएको हो । अहिले उनको गुप्ताङ्गमा पिसाव फेर्ने प्वाल मात्र छ । छोराको लागि उपचार गर्दा उनीहरुले लाखौँ रुपैयाँ खर्च गरिसकेको वताएका छन् ।
भारतको लखनउस्थित एक अस्पत्तालमा लिङ्ग राख्नका लागि करिव १० लाख रुपैयाँ लाग्ने वताइएपछि उनीहरु आफ्नो सन्तानको पुरुषत्व वचाउन लागि परेका छन् ।
वुधवारका उनीहरु सहयोगका लागि जिल्ला प्रशासन कार्यालय, प्युठानमा आइपुगेका छन् । वालक सन्तोषलाई स्कूलका साथीहरुले लिँग नभएको केटा भनेर जिस्काएपछि स्कुल नै जान छोडेको आमा विजुलाले वताइन् । पुरुष पहिचान वचाइदिन मानवीय सम्वेदनाका हिसावले सहयोगका लागि केसी दम्पत्तिले याचना गरेका छन् ।

















