काठमाण्डौं, १३ जेठ । सरकारले सार्वजनिक ठाउँमा बसेर चुरोट तथा सूर्ति पिउन पूर्ण रुपमा रोक लगाएको छ । त्यस्तो भेटिएमा पहिलो पटक सय रुपैयाँ जरिवाना तथा सार्वजनिक ठाउँबाटै निकाला गर्ने भएको छ ।
१८ बर्ष भन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ किनबेच गर्न रोक लगाएको छ । सो उमेर समूहका संलग्न भएको भेटिए सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ ले मानिसको चहलपहल हुने ठाउँलाई सार्वजनिक ठाउँ मानेर ती क्षेत्रहरुलाई निषेधित क्षेत्र घोषणा गरेको हो । नियमावलीमा सरकारी भवन, स्वास्थ्य संस्था, शिक्षण संस्था, सार्वजनिक सवारीका साधन, उद्योग तथा कलकारखाना, होटल तथा धार्मीक स्थललाई सार्वजनिक स्थल भनिएको छ ।
नियमावलीले सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि संस्थाका प्रमुखलाई नियन्त्रण व्यवस्थापकको रुपमा तोकेको छ । - नयाँ पत्रिका

















