सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या


काठमाण्डौं, १८ जेठ । शंखमुलको युएन पार्कमा अज्ञात समूह हानेको गोली लागि घाइते सर्वोच्च अदालतका न्यायाधीस रणबहादुर बमको मृत्यु भएको छ । बमको उपचारका क्रममा थापाथलीको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च ९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो । उहाँको सुरक्षा गार्ड समेत घाइते भएका छन् ।  

उहाँको शरीरमा ४ ओटा गोली लागेको थियो । न्याय परिषद्ले महाअभियोग लगाउन सिफारीस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन । घटनास्थलमा ५ ओटा गोलीको खोका र ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख गरिएको छ ।