सिओल, दक्षिण कोरिया, १९ जेठ । इसिवु - १, तेह्रथुमका २४ वर्षीय ललितप्रसाद फोम्बोको कोरियामा मृत्यु भएको छ । फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत फोम्बो बैशाख ११ गते इपीएसमार्फत कोरिया आएका थिए ।
बिहान सास फेर्न अप्ठेरो महशुस भएपछि संगै कार्यरत शुक्र तपाङले कम्पनी मालिकलाई बोलाई अस्पताल लैजादै गर्दा बिहीबार बिहान करिब ६ बजे बाटैमा मृत्यु भएको थियो ।
राजदूत कमानसिंह लामाले घटनाबारे जानकारी लिएका छन् । घटनाबारे अस्पतालको रिपोर्ट आएपछि थप कुरा खुल्ने उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए ।
पछिल्लो समय दक्षिण कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढेको छ । इपिएस प्रक्रिया लागु भएबाट १३ हजारको हाराहारीमा नेपाली आइपुगेका छन् ।


















